2026-07-26 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिक प्रहरीद्वारा फेला परेका सवारीसाधान हस्तान्तरण

काठमाडौँ | प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेरसम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका ३३ मोटरसाइकल र १८ स्कुटर गरी ५१ दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर आज सम्बन्धीत धनीलाई बुझाएको हो ।

ट्राफिक कार्यालयमा आज आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारी र ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)नवराज अधिकारीले संयुक्त रूपमा धनीलाई हस्तान्तरण गर्नुभयो ।

ट्राफिक कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजेरसम्बन्धीत धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको थियो ।

ट्राफिक प्रहरीले उपत्यकाको गोङ्गबु, नयाँबसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभुलगायतका क्षेत्रबाट उक्त सवारीसाधन फेला पारेको थियो ।

ट्राफिक प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानबाट हराएका ९१ दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको छ ।

ट्राफिक कार्यालयले आव २०८०÷०८१ मा ४१७ र ०८१÷०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारीसाधन खोजेरसम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसको आवत–जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिकले सबैलाई अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ