२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

६ मंसिर २०८२, शुक्रबार १७:०५

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएको छ ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको आफूले पाएको बताउनुभयो ।

मन्त्री घिसिङले सरकार सम्पूर्ण शक्ति लगाएर चुनावको तयारीमा लागेकाले चुनाव हुनेमा ढुक्क रहन र यस कार्यमा आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्दै सामान्य विवादले चुनाव हुँदैन कि भनेर नसोच्न सबैलाई अपिल गर्नुभयो ।

श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि यहाँ पुग्नुभएका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराउनुभएको थियो ।

मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जानकी मन्दिर पुगेर पूजाअर्चनासमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान