2026-09-11 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए

काठमाडौँ | म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

उक्त अवधिमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिनुभयो । “आठ सय १९ जनाले कार्यालयमा आएर नाम दर्ता गराएका हुन”, उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ जना थपिएका छन् ।” उहाँका अनुसार ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्चाएका छन् भने १९० जनाको ठाउँसारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी गौतमले गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार ५२० जना मतदाता थिए ।

नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरूको नाम हटाएपछि कूल मतदाता सङ्ख्या यकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवायुवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरू बढी रहेका उहाँले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका–४ का साजन पुनले मतदान गर्न मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताउनुभयो । पहिलो पटक मतदान गर्न लाग्नुभएका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरूको भावनाको सम्बोधन गर्ने उम्मेद्वार छनोट गर्ने धारणा राख्नुभयो ।

निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस