काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। आज सुन तोलामा रु १ हजार ९ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार रु २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज रु २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा रु २० ले घटेर रु ३ हजार १ सय १५ मा कारोबार भइरहेको छ।