काठमाडौँ | मंगलबार फेरि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला ५२ सय र चाँदीको मूल्य प्रतितोला ८५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपियाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ३ हजार २ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।