२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना

२०८२, ११ मंसिर बुधबार १५:४१

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो ।

व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेसाको संरक्षण एवं प्रवर्द्धनमार्फत रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गरिने कार्ययोजनामा उल्लेख छ ।

त्यसका लागि आगामी माघसम्म औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी प्रवर्द्धन गर्न कम्पनी विधेयक, २०८२ को मस्यौदा गर्ने गरिबी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ लाई संशोधन गर्ने लक्ष्य राखिएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जीतेन्द्र बस्नेतले सेवा प्रवाहमा तत्काल सुधार ल्याउन कार्ययोजना जारी गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो । “चालु आवको बजेट, नीति तथा कार्यक्रममा घोषणा भएका आयोजनाको सहज कार्यान्वयनका लागि नीति, कानुन, योजना र कार्यविधि बनाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयका महाशाखा, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, औद्योगिक व्यवसायिक प्रतिष्ठान, औद्योगिक क्षेत्र लिमिटेड, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत निकायलाई जिम्मेवार ठहराइएको प्रवक्ता बस्नेतले उल्लेख गर्नुभयो ।

कार्ययोजनामा उद्योग प्रशासनसम्बद्ध सेवा सरलीकरण र ‘स्टार्टअप’ कर्जा प्रवाह सहजीकरण, कम्पनी प्रशासनसँग सम्बन्धित सेवाको प्रभावकारिता अभिवृद्धि, सुरक्षित एवं व्यवस्थित अभिलेख व्यवस्थापन, कम्पनी दर्ता एवं खारेजी प्रक्रियामा कार्यविधिगत सरलीकरण प्रभावकारिता अभिवृद्धिका काम गर्ने उल्लेख छ ।

वाणिज्य क्षेत्रको सुधारका लागि बहुपक्षीय व्यापारको क्षेत्रमा नीतिगत सुधार, बहुपक्षीय व्यापारसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन, क्षमता अभिवृद्धि, द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा सुधार गर्ने लक्ष्य कार्ययोजनामा समेटिएको छ ।

त्यस्तै स्वदेशी उत्पादन तथा बजार प्रवर्द्धन, सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायसम्बद्ध सेवाको पारदर्शिता, अत्यावश्यक वस्तु निरन्तर आपूर्ति र खाद्यान्न उपलब्धताको सुनिश्चितता, पेट्रोलिमय पदार्थको वितरणमा पारदर्शितालगायत काममा विभिन्न निकायले काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से