काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य साढे दुई लाख नाघेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५० हजार ६०० पुगेको छ। बिहीबार ४०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ४८ हजार ४०० पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार आज ६५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ३४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।