Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

२०७४, २३ आश्विन सोमबार ०८:०६

असोज २३, जापान । भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । 

अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा यससम्बन्धी अनलाइन सञ्चालनमा ल्याइएको हो । 

कुकदेखि पारिवारिक, व्यावसायिक र अध्ययनमा जापान आउने दरमा भएको वृद्धिसँगै विभिन्न प्रकारका समस्या थपिँदै गएपछि समाधानका लागि हेल्पलाइन अनलाइन शुरु गरिएको हो । 

जापानका विश्वविद्यालयमा अध्ययनपछि उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो । 

भाषा नबुझेर समस्यामाथि समस्या नथपियोस् भन्नका लागि पा“चजना मिलेर संयुक्तरुपमा गरिएको यो कार्यमा अहिले नौ जनाको समूह बनेको छ । डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराइन्छ । 

जापानवासी नेपालीले स्वास्थ्य समस्या भन्न नसकेर मर्न नपरोस् भनेर चिकित्सकलाई अनलाइनबाट प्रश्न गर्ने गरेका छन् । फोन, मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष बोलेर समस्या राख्दा हुने असहजतालाई ध्यान दिँदै अनलाइन प्रविधि अपनाइएको संलग्न चिकित्सकको भनाइ छ । 

अधिकांश नेपालीमध्ये लामो समयदेखि काममा खटिने महिला र पुरुषलाई स्वास्थ्य समस्या हुने गरेको छ । दिनभर काम गरेर घर फर्केका र छुट्टिको समयमा समस्या राख्नेलाई चिकित्सकले पनि अनलाइनबाटै समाधानको उपायबारे जानकारी दिन टोकियोमा हालै एक कार्यक्रम पनि आयोजना गरिएको थियो । 

कार्यक्रमबारे जानकारी लिएपछि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले इन्नो सेवा हेल्पलाइनलाई थप प्रभावकारी बनाउन सके जापानवासी नेपालीले फाइदा लिनसक्ने बताउनुभयो । 

जापानमा स्वास्थ्य बीमा भएमा अधिकाश उपचारमा ३० प्रतिशतमात्र रकम तिरेपुग्ने भए पनि बीमा गर्न नखोज्ने र रोगले गालेपछि उपचारका लागि अस्पताल जाँदा निको नभई नेपाल फर्किंदा बाटोमै ज्यान गुमेको घटना जापानवासी नेपालीले भोग्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश