३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबर्नमा लक्ष्मी जयन्तीमा “पर्खिरहेको घर” बिमोचन

३० आश्विन २०७४, सोमबार ०२:३०

१५ अक्टोबर, कोबर्ग, मेलबर्न | भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा लिखित दोश्रो कृति 'पर्खिरहेकाे घर'काे बिमाेचन कार्यक्रम एकै साथ गरिएको छ । नेपालीमा एम एड गर्नु भएकी कवियत्री पहारीद्धारा यस अघि 'बाटो छेक्छन जून ताराले' प्रकाशित गरिसक्नु भएकोछ । 

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ-कामना ब्यक्त गर्दै कवियत्री पार्बती पहारीलाई बिदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो । आयोजक साहित्य-संगीत जमघटलाई यस किसिमका कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस्तै श्रस्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य बिदेशमा पनि सशक्त रुपमा फैलिरहेको बिचार ब्यक्त गर्नु भयो ।


लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपाल प्रशाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछी नेपाली कविता ईतिहासले नयाँँ मोड लिएको र यस्ले गर्दा नेपाली साहित्य क्षेत्रमा धेरै कवीहरुको जन्मने बातावरण सिर्जना हुन पुगेको चर्चा गर्नु भयो । स्तरीय रचना सिर्जना गर्न सकिएको खण्डमा थोरै सिर्जनाले पनि राम्रो परिचय स्थापित गर्न सकिने चर्चा गर्दै जसरी 'आमाको सपना' ले गोपाल प्रशाद रिमाल, 'घुम्ने मेचमाथि अन्धो मान्छे' ले भूपी शेरचन, 'मन' ले लीलाध्वज थापालाई चिनाउन पर्याप्त छन त्यसरी नै बिमोचित "पर्खिरहेको घर" पार्बती पहारीको पर्यायबाची बन्न सकोस भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो । 

साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले बिमोचित कविता संग्रह 'पर्खिरहेको घर' को समीक्षा गर्नु भएको थियो । कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा अनुपम पोखरेल, दिकपाल पंगेनी, डा साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गर्नु भएको थियो भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाउनु भएको थियो ।


दिदी-बहिनी समाज भिक्टोरिया, क्र्यागिबर्न समाज, न्याभ, एनआरएन र एभरेस्ट प्रपर्टी एण्ड फाइनान्सले कार्यक्रमलाई सहयोग गरेका थिए भने उपस्थिति जनाउन असमर्थ संस्थाहरुले कार्यक्रमको सफलताको कामना गर्दै पार्बती पहारीलाई बधाई ज्ञापन गरेका थिए ।    

कार्यक्रममा श्रस्टाद्धारा अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, साहित्यकार एबं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेल र न्याभका अध्यक्ष डा अनुपम पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो  ।

कार्यक्रमको सन्चालन पत्रकार वासुदेब मरहट्टाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित