२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट श्रीमतीसँग भिडियो कल गरेको पाँच मिनेटमै मृत्यु

२०७४, ५ कार्तिक आईतवार १४:३३

कात्तिक ५, मलेसिया । मलेसियामा आइतबार विहान करिव साढे ८ बजेतिर एक नेपालीको मृत्यु भएको छ ।

तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डिस्चार्ज भएर होस्टेलमा फर्किएका थिए ।

आइतबार विहान आफैले जाउलो बनाएर खाएर नेपालमा श्रीमतीलाई भिडियो कल गरेर सोमबार काठमाडौं लिन आउनू भन्दै कुराकानी गरेका थिए ।

कुराकानी नटुङ्गिदै कल काटिएपछि पुन: श्रीमतीको भिडियो कल आइरहँदा उनले मुखबाट फिज निकालिसकेका थिए । के भयो, के भयो भन्दाभन्दै उनको मुत्यु भइसकेको सोही कम्पनीमा कार्यरत गंगाराम जैसीले बताए ।

शवलाई पोस्टमार्टको लागि स्थानीय केलांग अस्पतालमा लगिएको छ । सेक्यूरिटी कम्पनीमा कार्यरत लिम्वु करिव ४४ वर्षका हुन् ।

परिवारलाई खबर कसरी गर्ने र के भनेर यस्तो खबर दिने भनेर उनका साथीहरु निकै अन्योलमा परिरहेका छन् । सोही कम्पनीमा कार्यरत अर्का एक नेपालीको पनि तीन हप्ता अगाडि मृत्यु भएको थियो । – रामचन्द्र नेपालबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते