2026-07-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उपमेयर चौधरीको संयोजकत्वमा न्यायिक समिति गठन

अजयकुमार साह | कात्तिक ७, उदयपुर । त्रियुगा नगरपालिकाले उपमेयर देवी चौधरीको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरी काम सुचारु गरेको छ ।

समितिको सदस्यहरुमा पशुपति चौधरी र केदार दनुवार रहेकाछन् । नगरपालिका स्थापना भएको २१ बर्ष पछि गठित न्यायिक समितिले देवानी प्रकृतिका मुद्दाहरुलाई मुख्य रुपमा हेर्ने र न्याय सम्पादन गर्ने समितिका संयोजक एवं उपमेयर देवी चौधरीले बताए ।

नगरवासीको सम्बन्धमा हुने अंश, माना चामल, घरेलु हिंसा, साध सिमाना, सामान्य झैझगडा, लेनदेन सम्बन्धी विवाद लगायतका सामान्य प्रकृतिका मुद्दाहरुलाई नगर स्तरीय न्यायिक समिति मार्फतनै शिघ्र न्याय सम्पादनको काम गर्न गराउन समिति गठन गरिएको मेयर बलदेव चौधरीले बताए ।

नगरपालिकाकै कार्यालय परिसरमा छुट्टै ईजलास तयार गरी कार्य अगाडी बढाईएको छ । समितिलाई कानुनी प्रावधान र अभ्यासहरुको बारेमा जानकारी एवं सल्लासुझावका लागी कानुनी सल्लाहकारको रुपमा कानुन व्यवसायी कृपाराम चौधरीलाई समेत नियुक्त गरिएको छ । 

यसअघि सामान्य किसिमका घटनाहरु समेत अदालत सम्म पुग्ने भई सर्वसाधारणले अनवाश्यक झन्झट व्यहोरी रहेकोमा अब न्यायिक समितिले शिघ्र न्याय सम्पादन गरी सर्वसाधारणहरुको समस्यालाई सहज बनाउने नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष श्यामानन्द चौधरीले बताए ।

तश्विरमा: त्रियुगा नगरपालिका स्थित न्यायिक समितिका पदाधिकारीहरु ईजलासमा । तस्विरः अजयकुमार साह(साझा सवाल)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक