2026-09-18 09:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा ६१.१७ प्रतिशत मतदाता

अजयकुमार साह | कात्तिक ७, उदयपुर | जिल्लामा स्थानीय तहको निर्वाचनमा मतदान गरेका मतदाताभन्दा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्नेको संख्यामा बृद्धि भएकोछ ।

२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका हुन् । स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ लाख ७१ हजार ४ सय ६१ थियो । अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले उदयपुरका सूचना अधिकारी अर्जुन खडकाले बताए ।

खड्काका अनुसार स्थानीय तहको निर्वाचनमा मत खसाल्न नआएकाहरु यसपटक आउने भएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचन कार्यालयले पुन मतदाता नामावली संकलन सुरु गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतले भने, “२०६८ सालको जनगणनाको तथ्यांकअनुसार जिल्लामा ३ लाख १७ हजार पाँच सय २७ जनसंख्या छ । जसमा उदयपुरमा एकजना तेस्रो लिंगी मतदाता समेत फेला परेकी छन् ” ।

उदयपुरमा महिला मतदाता ९५ हजार आठ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता रहेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै नयाँ निर्वाचन क्षेत्र निर्धारणअनुसार उदयपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएकोछ । निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् । जसमा पुरुष ५६ हजार ८ सय ८८ र महिला ५७ हजार ६ सय ९७ छन् भने त्रियुगा नगरपालिका मात्र एक प्रदेश निर्वाचन क्षेत्र छ भने वेलका र चौदण्डीगढी नगरपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ ।

वेलका र चौदण्डीगढी नगरपालिका मिलेर बनेको प्रदेश निर्वाचन क्षेत्रमा ६१ हजार १९ मतदाता रहेकाछन् । यसैगरी त्रियुगा नगरपालिका मात्र रहेको प्रदेश निर्वाचन क्षेत्रमा ५३ हजार ५ सय ६७ मतदाता रहेको कार्यलयले जानकारी दिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत दुई प्रदेश निर्वाचन क्षेत्र छन् यस क्षेत्रमा जम्मा मतदाता ७९ हजार ६ सय ३६ जना रहेकाछन ।

कटारी नगरपालिका र ताप्ली गाँउपालिका मिलेर एक प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ । जहाँ ४१ हजार ९ सय ८२ मतदाता छन् । सुनकोसी, रौतामाई र उदयपुरगढी गाँउपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम भएको छ । जहाँ जम्मा मतदाता ३६ हजार ३७ हजार ३ सय ४५ मतदाता छन् ।

निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रअनुसारको चेकलिष्ट तयार गरिएको छ भने सो क्षेत्रमा कर्मचारी पाठाउनका लागि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरुबाट कर्मचारीहरुको नामावली माग गरि संकलन गरिसकिएको कार्यालयका सूचना अधिकारी खडकाले बताए । आयोगको निर्देशअनुसार अन्य कार्यक्रमहरु अगाडी बढ्ने उनले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई