२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति गोरखामा भूकम्प: दुई दर्जन नेताहरु माओवादीमा प्रवेश

९ कार्तिक २०७४, बिहीबार ०६:३८

कात्तिक ९, काठमाडौं । गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु नेकपा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । 

नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य जीत बहादुर घले, तमु परिषदका केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत बहादुर घले, बल बहादुर घले, वाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् । 

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थीहरुको किल्ला भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘गोरखा जिल्ला वामपन्थीहरुको किल्ला हो । 

गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईँहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’


माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं.–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं.–१ का उम्मेदवार  हरिराज अधिकारीलगायतका नेताहरु उपस्थित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य