कात्तिक १४, मंगलबारे (रासस) | स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, मंगलबारे (रासस) | स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्दे"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने

१४ कार्तिक २०७४, मंगलवार ०३:०९

कात्तिक १४, मंगलबारे (रासस) | स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो । 

पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिनुभयो । 

सदरमुकामबाट २१ किमी उत्तरको यो पोखरी स्थानीयवासीको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो । 

क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ । 

डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी लाग्ने समितिका उपाध्यक्ष नीरबहादुर फागोले बताउनुभयो । यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयवासीसँगै टाढाबाट पनि रमाइलो गर्न आउने पर्यटकको संख्या बढेको छ । 

विसं २०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलो माटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत बाँध बनाइएको छ । 

यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आवतजावत गर्ने पर्यटक पनि पुग्ने गरेका छन् । फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्नसके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीयवासी बताउँछन् । 

आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिइएको सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले बताउनुभयो । तत्काल सडकलाई मर्मत गर्दै यातायात व्यवस्थालाई सहज बनाउने उहाँको भनाइ छ । 

ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालनको तयारी गरेका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने, बस्ने व्यवस्थाको चाँजोपाँजो मिलाइएको छ । 

पोखरीमा माछापालन थालिएपछि आगन्तुकका लागि आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् । 

पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन् । “जैविक विविधता रक्षासँगै पर्यापर्यटनको अथाह सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौँ”, भू–संरक्षण कार्यालय प्रमुख विजेन्द्रकृष्ण सिंहले भन्नुभयो । 

साबिक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय लगायतले सघाउँदै आएपनि स्थानीयवासीको योजनाअनुसार पर्याप्त हुन सकेको छैन । पोखरी विस्तारसँगै त्यस तलका पानीका स्रोत पनि बढेका छन् । 

जमुना बजारलगायतका सयभन्दा बढी उपभोक्ता रहेको सेलेले मुहानमा पोखरी विस्तार थालिएलगत्तै पानीको स्रोत बढेको स्थानीयवासी बताउँछन् । अझ यस पोखरीको क्षेत्रफल बढाउने र पूर्वी क्षेत्रकै नमूना पर्यटकीय क्षेत्रका रुपमा विस्तार गरिने लक्ष्य रहेको समितिका अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान