२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्याडमिन्टन कभर्डहल निर्माण अझै पुरा भएन

१४ कार्तिक २०७४, मंगलवार १०:३४

अजयकुमार साह/कात्तिक १४, उदयपुर । जिल्लामा ब्याडमिन्टन खेललाई व्यवस्थि गर्न नौ महिना अगाडि निर्माण थालिएको कभर्डहलको काम अझै पुरा हुन सकेको छैन् ।  

खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले नौ महिना अगाडी सार्वजनिक रुपमै प्रतिबद्धता जनाई ३० लाख बजेट छुट्याएर कभर्डहलको निर्माण कार्य शुरु गरिएको जिल्ला ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष राजेश कार्कीले बताए ।  

अध्यक्ष कार्कीका अनुसार संघ र जिल्ला खेलकुद विकास समितिको पहलमा निर्माण शुरु गरिएको व्याड्मिन्टन कवर्डहलको कूल लागत ३० लाख मध्ये तत्काल १० लाख उपलब्ध गराई बाँकी रकम क्रमिकरुपले उपलब्ध गराई छ महिनाभित्रमा निर्माण पुरा गर्ने सदस्य सचिव विष्टले बचन दिएको भएतापनि सो प्रक्रिया पुरा हुन सकेको छैन । 

हाल बल्लतल्ल पाँच लाख रुपैया विनियोजन भई आँशिक रुपमा ट्रष्ट जडानको कार्य शुरु गरिएको छ ।  बजेटको लागि पटक पटक पहल गर्दा पनि बोले अनुरुप बजेट पाउन नसक्दा निर्माण अधुरो भएको भएको निर्माण समितिका अध्यक्ष कार्कीले बताए । 

जिल्ला खेलकुद विकास समितिको भवन सँगै निर्माणाधिन अवस्थामा रहेको ब्याडमिन्टन कभर्डहल । तस्विर: अजयकुमार साह(साझा सबाल)

हालसम्मको निर्माण कार्यको प्रगति हेर्दा कवर्डहलको केही फिट इटा पर्खाल लगाएर टिनले बार्नेगरी ट्रष्ट्र उठाइएको छ, उनले बताए । त्यस्तै टिनकै छानो लगाउने गरी ट्रष्ट्र जोडिएको छ । त्यस बाहेकका अन्य कामहरु बजेट अभावले अधुरै रहेको कार्कीले बताए । कभर्डहल निर्माणका लागि बजेट लागत बढ्न सक्ने देखिएको उनले बताए ।

यता सदस्य सचिव विष्टले व्याड्मिन्टन कवर्डहलका निम्ति भुइ ढलान बाहेकका कामका लागि थप १५ लाख रुपैंया बजेट बिनियोजन गर्न पहल गरेको बताएकाछन् । तर चुनाव लागीसकेकाले चुनावपछि मात्र बजेट उपलब्ध गराइने उनले बताए । 

जिल्ला खेलकाद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले केन्द्रबाट बजेट पठाउने कुरा आएको तर कहिले र के कति पठाउने हो भन्ने बारेमा भने आधिकारिक जानकारी नआइसकेको बताए । 

ब्याडमिन्टन खेलका लागि जिल्लामा मासिक रुपमा दुई देखि तिन वटा सम्म प्रतियोगिताहरुको आयोजना हुँदा पनि व्यवस्थित रुपमा कभर्ड हल नभएको कारण खेलहरु प्रभावित हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिकले बताए । 


  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य