विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् &n"/>
2026-10-26 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालीले पनि हलोविन पर्व मनाए, हलोविन के हो ? र किन मनाइन्छ ?

विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन्  l 

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले पनि मनोरन्जन पूर्वक मनाउन थालेका छन् l नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्त संग हलोविन पर्व मनाएका छन् l आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा गै २०१ ७ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् l 


विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् l अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेलेका छन्  l हेलोविन खेल्न आउनेलाई केवल मिठाई मात्र दिनु पर्छ  l यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि आएका छन् l 

घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविन को समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले काला, सेता बस्त्र, भूत पर्यटक, होलिका, भोजमा लगाईने बिशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गर्दछन l 

हलोविन के हो ? र किन मनाइन्छ ?


हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने