विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंचको गठन

१६ कार्तिक २०७४, बिहीबार ०३:३३


विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच को गठन भएको छ l 

अमेरिकामा सन् १९९० को दशक पछि नेपालीहरुको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भै रहेको अवस्थालाई मध्ये नजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन गरिएको छ l 

हाल सालै भर्जिनियामा दर्ता भएको उक्त संस्थाले बिशेष स्थानीय स्तर देखि नै अमेरिकी मूलधारको राजनीतिमा सहभागिता हुन् सकोस र हाम्रा आवाजहरु पुग्न सकोस भन्ने हेतुले एनएएफपीईको परिकल्पना गरिएको यस्का संस्थापक तथा कार्यकारी अधिकारी जीवन तिवारीले दिएका छन् l 

अमेरिकी राजनैतिक प्रक्रियामा नेपाली अमेरिकनहरुको सक्रिय सहभागिता गराउने उद्धेश्य लिई नेपाली अमेरिकनहरुलाई सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता गराउने साथै राजनैतिक ज्ञान बाढ्ने मूल लक्ष्य रहेको छ l 

यसको साथै अमेरिकन मूलधार को राजनीतिमा सह्भागीता खोज्ने,सामाजिक मुद्धाहरु बारेमा जानकारी लिन र दिन चाहने सबै क्षेत्र /राज्यहरुका संस्थाहरु संग विस्तार गर्ने समेत योजना रहेको तिवारीले बताए l

यो संस्था नेप्लिज अमेरिकनहरुको भावनाको प्रतिनिधित्व गर्ने संस्था हो l यस संस्थाले कुनै एक दल बिशेष को मात्र प्रतिनिधित्व गर्ने छैन भनि छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ l 

यसको साथै अमेरिकन मूलधारमा प्रवेश गर्न चाहने को लागि नेपाली अमेरिकन लाई तालिम दिने सन्दर्भमा समेत केन्द्र बिन्दु रहने छ  l यसको साथै निर्वाचित पदाधिकारी/समिति संग कुनै प्रकारका बिषय बस्तु ,सामाजिक मुद्धा उठाउने र गोष्ठी ,छलफल र बहस जस्ता कार्यक्रममा उनीहरुलाई सहभागिता समेत गराउने तिवारीले जानकारी दिएका छन् l 

तिवारीले नेपाली राजनीति मात्र नभई अब अमेरिकन राजनीति गर्न सक्ने र यसले बाटो खोल्ने छ भने l नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट ' मा उम्मेदवारी घोषणा गरेका थिए कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १३ बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए l पछि उनले नेपालमा भूकम्प गए पछि उम्मेदवारी फिर्ता लिएका थिए l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट