2026-07-03 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको प्रचार गर्न दुईओटा हेलिकप्टर चार्टर गरेर सामागाउँ पुगे कांग्रेस नेता

2017-11-06

लिलाधर कोइराला/कात्तिक २०, गोरखा ।  निर्वाचन प्रसार प्रचारका लागि नेपाली कांग्रेसका नेता राजेनद्र बजँगाइ  हेलिकप्टर चार्टर गरी उतरी गोरखाको सामागाउँमा पुगेका छन् ।  

गोरखा र्निवाचन क्षेत्र न १ (ख) का उम्मेदवार समेत रहेका बजँगाइ २ वटा हेलिकप्टर चार्टर गरी उतरी गोरखाको सामागाउँमा पुगेका हुन् । उनी आज विहान करिब ९ बजे समागाउँ पुगेका थिए । 


निवार्चन प्रचार प्रसारका लागी उनी सहित समानुपातिक सुचिमा नाम रहेका नेपाली कांग्रेसका गोरखाका पाटी जिल्ला सभापति हरी बाहदुर घले, चुम्नुव्री गाउँपालिकाका गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ र जिल्ला समन्वय समितिका सदस्य छ्याव घ्याल्जेन लामा सहित  ७ जनाको टोलिसहित उनी २ वटा अल्टाच्युट हेलीकप्टरमा समागाउँ पुगेका हुन् ।

गोरखाका करिब ४४ प्रतिशत भु-भाग रहेको उत्तरी गोरखामा पैदल जान असम्भव हुन्छ । त्यसैले हेलिकप्टर प्रयोग गरेको हुनुपर्छ, निवार्चन कार्यलयका एक कर्मचारीले भने । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरूघाट गाउँपालिका र भिमसेन गाउँपालिका निर्वाचन क्षेत्र न १ को (ख) मा पर्छ ।

नेपाली कांग्रेस निकटका एक नेताका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति मागेर समागाउँ पुगेका हुन् । उनीहरूलार्इ त्यहाँ छोडेपछि हेलिकप्टर फर्किएको छ  ।  तर जिल्ला निर्वाचन कार्यलय गोरखाका निर्वाचन अधिकृत नारायण सापकोटाका अनुसार जिल्ला निर्वाचन कार्यलय गोरखासँग भने अहिलेसम्म अनुमाति मागिएको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय गोरखासँग अहिलेसम्म अनुमति मागिएको कुनै जानकारी आएको छैन, यो निर्वाचन कार्यलयबाट मात्र अनुमति लिन सकिन्छ, जिल्लाबाट अनुमति दिन सकिन्, उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक