
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ७० रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको हो ।