
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ ।
असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।