2026-10-20 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको अन्तिम दिन घट्यो नेप्से

2026-08-21

काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचक १०.६७ अंकले घटेको छ । शुक्रबार शून्य दशमलव ४० प्रतिशतको गिरावटपछि नेप्से २ हजार ६ सय १८ दशमलव ७२ विन्दुमा ओर्लिएको हो । सामूहिक लगानी कोष स्थिर रह्यो भने बाँकी सबै उपसमूहहरू घट्यो । सोमबारदेखि बुधबारसम्म घटेको नेप्से बिहीबार ७.१७ अंकले बढ्यो भने शुक्रबार फेरी घट्यो ।

कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्यो, १९८ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५९ हजार ८०५ पटकको किनबेचमा ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ती किनबेचमा १ करोड २२ हजार ७६५ कित्ता सेयर कारोबार भए ।

सर्वोत्तम पेन्टस् इन्डस्ट्रिजको १४.९९, पञ्चकन्या माइ हाइड्रोपावरको १३.८६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ५.५१, हाइथवे इन्भेस्टमेन्टको ४.९९, नेपाल लाइफ समृद्धि योजनाको ४.६२ प्रतिशतले बढ्यो । धौलागिरी लघुवित्तको ५.२६, लक्ष्मि भ्यालु फन्ड २ को ५.२२, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ५.२१, मुक्तिनाथ कृषि कम्पनीको ४.१७, ग्रामिण लघुवित्तको ३.८७ प्रतिशतले मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ