2026-08-21 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको अन्तिम दिन घट्यो नेप्से

2026-08-21

काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचक १०.६७ अंकले घटेको छ । शुक्रबार शून्य दशमलव ४० प्रतिशतको गिरावटपछि नेप्से २ हजार ६ सय १८ दशमलव ७२ विन्दुमा ओर्लिएको हो । सामूहिक लगानी कोष स्थिर रह्यो भने बाँकी सबै उपसमूहहरू घट्यो । सोमबारदेखि बुधबारसम्म घटेको नेप्से बिहीबार ७.१७ अंकले बढ्यो भने शुक्रबार फेरी घट्यो ।

कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्यो, १९८ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५९ हजार ८०५ पटकको किनबेचमा ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ती किनबेचमा १ करोड २२ हजार ७६५ कित्ता सेयर कारोबार भए ।

सर्वोत्तम पेन्टस् इन्डस्ट्रिजको १४.९९, पञ्चकन्या माइ हाइड्रोपावरको १३.८६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ५.५१, हाइथवे इन्भेस्टमेन्टको ४.९९, नेपाल लाइफ समृद्धि योजनाको ४.६२ प्रतिशतले बढ्यो । धौलागिरी लघुवित्तको ५.२६, लक्ष्मि भ्यालु फन्ड २ को ५.२२, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ५.२१, मुक्तिनाथ कृषि कम्पनीको ४.१७, ग्रामिण लघुवित्तको ३.८७ प्रतिशतले मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक