2026-09-08 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले यसरी गीत समर्पण गरे

विजय थापा/कात्तिक २६, अमेरिका l न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l गत नोभेम्बर ९ तारिख बिहिबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्क स्थित महाबाणिज्य दुताबासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलाई प्रमुख अतिथि रहनु भएको थियो l 

प्रमुख अतिथि मरासिनीले प्रमुख अतिथिको तर्फ बाट आफ्नो छोटो मन्तब्य राख्दै आफु न्युयोर्क आएको करिव ३ महिना मात्र भएको जानकारी दिनु भयो l वहाले अगाडी भन्नु भयो, यहाँका मानिसले नेपाललाई धेरै माया तथा समर्थन गर्नु हुने रहेछ भन्ने कुरा आफुले महसुस गरेको बताउनु भयो l नेपालको लागि कोष वृद्धि कार्यक्रम भएता पनि कार्यक्रममा बिदेशी कलाकारले नेपालको लागि समर्पण गर्दै गीत रचना गरि गाएका थिए l 

पोर्चुगलका प्रख्यात गायक सोफिया रिबेरो तथा बिट बक्सर रिजुमिकले कुनै एक शब्द भन्नुस ,र हामी त्यसमा एकाएक गीत बनाउछौ भनि दर्शकलाई सोधे पछि “नेपाल “भने पछि उनीहरुले नेपाल सम्बन्धि गीत बनाएर गाएका थिए l नेपालको लागि गाईएको गीत सुने पछि आफ्नो हृदय छोएको प्रमुख अतिथि मरासिनी ले बताउनु भयो l 

कार्यक्रममा झन्डै १ सय जति बिदेशीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा सन् २०१५ मा नेपालमा गएको भूकम्पको श्रब्य दृश्य देखाईएको थियो l र उक्त संस्थाकि संस्थापक क्याटेरय्नाले जेम्स्कोभा ले प्रस्तुति गरेकी थिइन् l 

क्याटेरय्नाले नेपालमा भूकम्प गएको झन्डै अढाई बर्ष बिति सक्दा पनि अझ मानिसहरु गाउँ घरमा घर पुनर्निर्माण गर्न सकेका छैनन् l अझ पनि उनीहरु अस्थाई टहरामा बस्न बाध्य छन् भनिन l उनले अगाडी भनिन इट्टा र सिमेन्ट को घर निर्माण गर्न महँगो पर्ने हुनाले निर्माण गर्न नसकेको बताईन l 

उनले थप जानकारी दिदै अर्थ ब्याग पद्धति सुरक्षित ,दिगो ,आर्थिक बहन गर्न सकिने भएको बताउदै केवल $ ३ हजार डलरमा निर्माण गर्न सकिने दाबि गरिन l उनले अझ प्रकाश पर्दै समस्या भनेको उनीहरु यस बिषयमा अनविज्ञ रहेको बताइन l 

कार्यक्रममा ४ जना महिला नमुना (मोडल )द्वारा भेषभुषाको प्रदर्शन गरिएको थियो भने नर्वेका प्रसिद्ध भेषभुषा ढाचाकार लैला हाफ्जी ले वस्त्र प्रदान गरेका थिए l उनको काठमाडौँ नेपालमा कारखाना रहेको छ l 

कार्यक्रममा उपस्थित हुनेहरुमा बिदेशी कलाकार सो प्रानोस -फेडेरिको क्यासेलुसिओ तथा अन्य समुदायहरुका रहेका थिए l 

उक्त कोष वृद्धि कार्यक्रम “गुड अर्थ नेपाल”ले आयोजना गरेको थियो l नेपालमा भूकम्प पछि सुरक्षित ,स्थाई घर तथा बिद्यालय निर्माण गर्न “अर्थ ब्याग ” नया पद्धति द्वारा बनाई रहेको बिदेशी द्वारा स्थापित उक्त गुड अर्थ नेपाल ,न्युयोर्कमा आधारित मुनाफा रहित संस्था हो भने यस्को मुख्य सदरमुकाम काठमाडौँ रहेको छ l 

गुड अर्थ नेपालले पृथ्वीब्याग प्रविधि प्रयोग गरेर घर, विद्यालय र उपचार कक्षहरु (क्लिनिक)हरू सुरक्षित र स्थायी बनाउदछ l यसले स्थानीय समुदायहरूलाई कसरी निर्माण गर्ने सम्बन्धि सिकाउदछ l

संस्थाको मुख्य उद्देस्य स्थानीय समुदायका सदस्यहरूसंग समन्वय गरि पृथ्वीब्याग भवनको कला सिकाउनमा ध्यान केन्द्रित गर्दछ l यसको साथै अर्थब्याग घर तथा बिद्यालयका भवन बनाउने ढाचा तथा निर्माण शिक्षाको साथै अर्थ ब्याग घरहरू र बिद्यालहरू ढाचा तथा निर्माण गर्दछ l 

यस्ता प्रकारका नया प्रबिधिका घरहरु गोर्खा ,धादिंग ,नुवाकोट ,मकवानपुर ,सिन्धु पाल्चोक तथा रसुवामा अढाई बर्ष भित्र दर्जनौ घर निर्माण गरेको छ l सन् २०१६ मा नेपाल इन्जिनियर्स संस्थाले अर्थ ब्याग को ढाचालाई पुरष्कृत समेत गरेको छ l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम