
काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५ हजारले घटेको हो । हिजो २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा १४५ रुपैयाँले घटेर ४५१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।