2026-09-28 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा

2026-09-28

काठमाडौँ |  पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । सकडखण्डको हुग्दी खोलानजिक पानीधारामा आइतबार बेलुकी ६ बजे ठूला चट्टानसहितको पहिरो झरेको थियो । सोमबार बिहान ११ बजे पहिरो पन्छाउने कार्य सकिएसँगै सडकखण्ड सुचारु भएको नागढुंगा–मलेखु सडक आयोजना (पश्चिम खण्ड)ले जनाएको छ ।

“आज बिहान ११ बजे पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको छ,” आयोजनाले सूचना जारी गर्दै भनेको छ, “यद्यपि, धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेऊतर्फ भासिएको छ । सो स्थानहरूमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।” आयोजना अनुसार, आइतबारदेखि पानी पर्न रोकिएको भएता पनि पहिरो झर्न सक्ने सम्भावना कायमै छ । “जोखिमयुक्त स्थानहरू कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा, हुग्दीदेखि जवाङ खोला (ढुंगा झर्न सक्ने) भएर यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन अनुरोध छ,” आयोजनाले भनेको छ ।

साथै, तोकिएको गति सीमा कायम राख्न, लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्दै संयमित एवं सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु