काठमाडौँ | अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । कालीगण्डकीले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा कटान हुँदा हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले पुष्टि गर्नुभयो ।
कालीगण्डकीमा बढेको बहावपछि भएको कटान हेर्न ढिकमा जानुभएका गोतामे भीरबाट झण्डै एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।