2026-09-29 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री

2026-09-28

काठमाडौँ | असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न करिडोरका २७ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुग्दा करिव १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सोमवार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बाढीले जलविद्युतको उत्पादन र वितरण दुवै संरचनामा क्षति पुर्‍याएको जानकारी दिए ।

मन्त्री श्रेष्ठकाअनुसार कालीगण्डकी करिडोरका १३ र अन्य नदी बेसिनका १४ वटा गरी कूल २७ वटा आयोजनाको करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ । क्षतिग्रस्त संरचनाहरूमध्ये निलगिरी १, २, मिस्त्री, थापा खोला, रेले खोला र घलेम्दी लगायतका ७ आयोजनाको १९०.४ मेगावाट उत्पादन पुनः सञ्चालन गर्न केही महिना लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राहुघाट जलविद्युत आयोजनाको स्विच्यार्डमा समेत कालीगण्डकी नदीको कटानबाट क्षति पुगेको छ। केही आयोजनाहरूको विद्युत आपूर्ति भने मर्मत तथा वैकल्पिक व्यवस्था मार्फत छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

हाल म्याग्दी र बाग्लुङमा पर्वतबाट वैकल्पिक लाइन जोडेर सेवा सुचारु गरिएको छ भने मुस्ताङ र मनाङमा विद्युत सेवा पुर्‍याउन प्राविधिक टोली परिचालन गरिएको छ । मन्त्री श्रेष्ठले विद्युत चुहावट रोक्न र अनावश्यक विद्युत खपत कम गर्न आग्रह गर्दै विद्यमान वितरण प्रणालीको स्तरवृद्धि सरकारको प्राथमिकतामा रहेको बताए । विद्युत वितरण प्रणालीमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठले भने, ‘हाम्रो वितरण प्रणाली पुरानो छ र माग १० गुणा बढेको छ । अब हामी राष्ट्रिय प्रसारण लाइनको सुदृढीकरणमा केन्द्रित छौं ताकि पूर्व र पश्चिमबीच ऊर्जा आदानप्रदान सहज होस् ।’ उनले विद्युतीय सवारी साधनको भन्सार दर र अन्य नीतिगत विषयमा मन्त्रालयले आर्थिक ऐनका आधारमा पुनरावलोकन गर्ने संकेत समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री