
काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।