2026-09-29 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै

2026-09-29

काठमाडौँ | नेपाली कांग्रेसले महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ । अविरल वर्षापछि सिर्जित विपद्‌का कारण केही जिल्लामा अधिवेशन बाँकी नै छ । त्यसैले महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा भुसालले बताइन् ।

यही विषयमा निर्णय गर्न कांग्रेसले आज बैठक बोलाएको छ । आजको बैठकले महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्नेछ । “यही विषयमा निर्णयका लागि हुन सक्छ । जिल्ला अधिवेशनहरु पनि बाँकी नै रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्न सक्छ,” उनले भनिन् ।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६–१९ गतेका लागि तय गरेको छ । महामन्त्री प्रदिप पौडेलले महाधिवेशनको मितिबारे स्पष्ट पार्दै भने, “हामीले धेरैदिन सार्न लागेका होइनौँ, बैठक बोलाएका छौँ । उद्घाटनको मिति एक वा दुईदिनसम्म सार्न सकिन्छ कि भन्ने विषयमा छलफल भएको हो । त्यहाँभन्दा पर सार्न सक्ने अवस्था पनि छैन । उद्घाटन मितिमात्रै परिवर्तन गर्ने कि भन्ने विषयमा छलफल भएको हो ।”

कांग्रेसले असोज १६ गतेको महाधिवेशनका लागि अन्य दलका प्रमुख नेतालाई पनि निमन्त्रणा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य