2026-09-29 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम

2026-09-29

काठमाडौँ | कानूनमन्त्री सोविता गौतमले अध्यादेशमार्फत संशोधन गरिएका कानूनी व्यवस्थालाई पुनः कानूनी रूपमा कायम गर्न ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ ल्याइएको बताएकी छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ०८३ वैशाख १९ गते संविधानको धारा ११४ बमोजिम सरकारले अध्यादेश जारी गरेको बताइन्। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थासहित विभिन्न कानुनका प्रावधान अध्यादेशमार्फत संशोधन गरिएको उनको भनाइ छ।

उनले भनिन्, ‘अध्यादेश निष्क्रिय भएपछि त्यसबाट संशोधित दफाहरू पुनः निष्क्रिय वा रिक्त हुने अवस्था आएकाले ती व्यवस्थालाई कानुनी रूपमा पुनः कायम गर्न विधेयक ल्याउनुपरेको हो। अध्यादेश निष्क्रिय भइसकेपछिबाट जुन–जुन दफा अध्यादेशले चलाएको थियो, ती–ती दफाहरू रिक्त हुने अवस्थामा पुगे। र तिनलाई फेरि कानुनी रूपमा जगाउन आवश्यक भएको कारणले यो विधेयक लिएर आइएको हो।’

सरकारले गरेको नीतिगत निर्णयलाई कार्यान्वयन गर्ने क्रममा आवश्यक कानूनी व्यवस्था संशोधन गर्न अध्यादेश जारी गरिएको उनको भनाइ छ। अहिले ल्याइएको विधेयकको उद्देश्य पनि अध्यादेश निष्क्रिय भएपछि निष्क्रिय भएका सम्बन्धित कानूनी व्यवस्थालाई पुनः कायम गर्नु मात्रै रहेको प्रस्ट पारिन्। उनले थपिन्, ‘सरकारले एउटा नीतिगत निर्णय गर्‍यो। त्यो नीतिगत निर्णयलाई अगाडि बढाउने क्रममा के–के कानुनी व्यवस्थाहरू संशोधन गर्न आवश्यक भन्ने ठान्यो, त्यो अध्यादेशमार्फत जारी गरेको र अहिले ती दफाहरू निष्क्रिय भएको कारणले जगाउनको लागि मात्रै लिएर आएको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य