2026-09-29 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते

2026-09-29

काठमाडौँ | विराटनगरमा प्रहरीले तास खेलिरहेको स्थानमा छापा मार्ने क्रममा पक्राउ परेका एक जनाको हिरासतमा अचेत भई अस्पताल लैजाँदा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि भागाभाग भएको थियो। सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान मृत्यु भएको हो।

भागदौडका क्रममा घरको दोस्रो तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाको दाहिने खुट्टा भाँच्चिएको र उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गस्ती टोलीलाई देखेपछि भएको भागाभागका क्रममा कोइराला सामान्य घाइते भएका थिए। प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक स्वास्थ्य जाँचमा अवस्था सामान्य देखिएपछि कोइरालासहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो। मङ्गलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले उठाउन खोज्दा कोइराला अचेत फेला परेका थिए। तत्काल उपचारका लागि कोशी अस्पताल र त्यसपछि नोबेल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले बिहान ११ बजे उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले घटनास्थलबाट नगद रु ४८,३९५ बरामद गरेको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा धनपालथान–६ का साजन राजवंशी, विराटनगरका सत्यनारायण राजवंशी, तोरण यादव, राजेश कामत, गंगाराम मण्डल र विष्णु कामत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य