काठमाडौँ | गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ उर्फ दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । उनलाई महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिइएको छ ।
मनाङे कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै भेट्न पुगेका थिए ।