2026-09-29 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी

2026-09-29

काठमाडौँ | पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्। एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले सम्बोधन गर्दै पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताइन्। उक्त निर्णय एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरेको थियो।

‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन। राष्ट्रपति भइसकेँ, अब कहाँ जाने रु पदको हिसाबले माथि पुगेँ। अब जाने भनेको स्वर्ग हो,’ उनले भनिन्, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ। त्यसैले यही पार्टीमा रहेर काम गर्छु।’

बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धको अभियानमा सहभागी भएको स्मरण गर्दै उनले आफूले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन्। भण्डारीले विगतको वाम आन्दोलनका क्रममा आफूले विभिन्न समस्या भोगे पनि राजनीतिक आस्था परिवर्तन नगरेको बताइन्। पार्टी नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उनले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताइन्। २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आएको उल्लेख गर्दै उनले पछि एकता भङ्ग हुँदा पार्टी विभाजन र क्षति भएको स्मरण गराइन्। ‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्व पनि रहेको उल्लेख गर्दै भण्डारीले जनताको आस्था जबरजस्ती परिवर्तन गर्न नसकिने बताइन्। जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो। भण्डारीले मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने बताउँदै पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गरिन्। ‘हामीले हाम्रो आवश्यकता के हो, जिल्लाको आवश्यकता के हो र राष्ट्रको आवश्यकता के हो भन्ने आधारमा एकता कायम गर्नुपर्छ,’ उनले भनिन्। एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको विकल्प भएको दाबी गरिन्। ‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उनले भनिन्। राष्ट्रिय विषयमा पनि एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने बताइन्।

‘हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने हो। पार्टीमा लागेर गर्ने त्यही हो। पार्टीमा लागेर अरू के गर्ने हो र ?’ उनले भनिन्। उनले पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै पार्टीमा पुस्ताबिचको ‘जेनेरेसन ग्याप’ हुन नदिई सबै पुस्तालाई जोडेर अघि बढाउनुपर्ने बताइन्।‘पार्टी जीवन पनि परिवारभन्दा फराकिलो हो। त्यसैले परिवारजस्तै पार्टीमा पनि जेनेरेसन ग्याप राख्नु हुँदैन,’ उनले भनिन्। सामाजिक शिक्षाको मर्म पनि यही रहेको बताउँदै उनले शान्तिपूर्ण परिवर्तनका लागि लामो यात्रा गर्नुपर्ने र त्यसका लागि निरन्तर अघि बढ्नुपर्ने धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य