2026-09-29 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै

2026-09-29

काठमाडौँ | चामे बजार क्षेत्र हुँदै बग्ने घट्टे खोलामा गत आइतबार आएको बाढीपहिरोले ठूलो परिमाणमा लेदो र गेग्य्रान बगाएर मर्स्याङ्दीमा थुपारेपछि थुनिएको नदी खुलाउन थालिएको छ । नदीमा थुप्रिएको हिलो, बालुवा र गेग्य्रान हटाउन मङ्गलबारदेखि एक्स्काभेटर, डोजरसहित तीन मेसिन परिचालन गरिएको छ । सकेसम्म विस्फोटक पदार्थ प्रयोग नगरी नदीको बहाव खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

बाढीपहिरोसँगै आएको लेदो, हिलो र गेग्य्रानले आंशिकरूपमा थुनिएको मर्स्याङ्दी नदी खुलाउन चामेमा एक्स्काभेटर र डोजरसहित तीनवटा मेसिन परिचालन गरिएको छ । बजारका केही घर र पुलमा असर पर्ने भएकाले तत्काल विस्फोटक पदार्थ प्रयोग नगरी नेपाली सेना, सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयले नदीको बहाव फराकिलो बनाउने काम गरिरहेका छन् । नदीको बहाव घट्दै गए पनि पुल र आसपासका घर जोखिममा छन् भने आवतजावत सहज बनाउन घट्टे खोलामा अस्थायी पैदल पुल निर्माण गरिएको छ । नदी थुनिएपछि चामे बजारको पारिपट्टिका करिब ९ घर डुबानमा परेका थिए । शनिबार र आइतबारको बाढीपहिरोले चामे बजार क्षेत्रमा कम्तीमा ६ घरमा क्षति पुगेको छ । नदी पूर्णरूपमा थुनिएको नभइ आंशिक रूपमा थुनिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । नदी थुनिएको स्थानमा पानीसँगै ठूलो परिमाणमा बालुवा र गेग्य्रान थुप्रिएको छ । पानीको बहाव बढ्दा माथिल्लो मनाङतर्फ जाने मोटरेबल पुलको भागसमेत कटानमा परेको छ । पुलमाथिबाटै मस्र्याङ्दी बगेकाले पुल र आसपासका घर जोखिममा परेका छन् ।

यसैबिच, घट्टे खोलामा विद्युतका पोल तेस्र्याएर मानिस आवतजावत गर्न मिल्ने अस्थायी पुलसमेत निर्माण गरिएको छ । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि स्थानीयको आवतजावत सहज बनाउन अस्थायी संरचना बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नागरिक सबै मिलेर आवतजावत गर्न मिल्ने गरी अस्थायी पुल निर्माण गरिएको हो । अहिले नै सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था भने छैन । सोमबारदेखि मर्स्याङ्दीको बहाव घट्दै गएको बेला मङ्गलबारदेखि झन् घट्न थालेको छ । नदीको बहाव घटेसँगै जोखिम पनि केही कम अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबिच डुबानमा परेको नासोँ–१ ताल गाउँका स्थानीय आफ्नो घरको रेखदेख तथा सरसफाइ गर्न गाउँ पसेका छन् । नासोँ–८ ताचै भने सडक सञ्जालबाट छुटेको छ । त्यसैगरी, एक हप्ताको अवधिमा ८०० को हाराहारीमा रहेका पर्यटकमध्ये मनास्लुबाट २५० जना धरापानी नाका हुँदै फर्किएका पर्यटक सूचना केन्द्र धारापानीका भूपेन्द्रजंग गुरुङले बताउनुभयो । उहाँले पाँच दर्जन पर्यटक हवाई मार्ग हुँदै फर्किएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री