काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ। सभापति गगन थापाले अघि बढाएको महाधिवेशनको प्रक्रियालाई अस्वीकार गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको देउवा समूहले आयोगलाई जानकारी गराएको हो।
आफूहरूले पार्टीको महाधिवेशनबारे कार्यतालिकासहित आयोगलाई जानकारी गराएको नेता एनपी साउदले बताए। देउवा समूहको असोज १५ गते वडा अधिवेशन, २० गते गाउँ तथा नगरपालिका अधिवेशन, २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तालिका छ।
देउवा समूहको महाधिवेशन मंसिर २१ देखि हुँदै छ। संस्थापन पक्षले भने असोज १८ गते महाधिवेशनको उद्घाटन गर्दैछ।