2026-10-01 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न

2026-10-01

काठमाडौँ | नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री शाहको सरकार सञ्चालन पद्धतिलाई लिएर प्रश्न उठाएका हुन् । सांसद पोखरेलले सरकारलाई पाँच फरक–फरक रूप को संज्ञा दिँदै व्यङ्ग्य गरेका छन् । उनले सरकारको कार्यशैलीलाई अस्वाभाविक भएको दाबी गरे ।

पोखरेलले ‘संसदमा बहुमत प्राप्त दलको संसदीय दलको नेता भएकाले यो संवैधानिक सरकारजस्तो देखिन्छ, तर आफ्नै दलको बैठकमा नजाने भएकाले यो निर्दलीय सरकारजस्तो लाग्छ,’ उनले भने । पोखरेलले सर्वदलीय बैठकमा सहभागी नहुने कार्यशैलीप्रति टिप्पणी गर्दै भने, ‘सर्वदलीय बैठकमा नजाने भएकाले यो एकदलीय सरकारजस्तो छ ।’ उनले सरकार भूमिगत गिरोहको हातमा रहेको आरोप लगाउँदै भने, ‘भूमिगत गिरोहबाट चल्ने भएकाले यो पञ्चायती सरकारजस्तो देखिन्छ ।’

संवैधानिक निकाय र राष्ट्रप्रमुखप्रति प्रधानमन्त्री शाहको दृष्टिकोणलाई लिएर पोखरेलले व्यङ्ग्य गरेका छन् । उनले भने, ‘राष्ट्रपतिलाई समेत नजरअन्दाज गर्ने कार्यशैली हेर्दा यो श्री ३ महाराजजस्तो लाग्छ ।’ सांसद पोखरेलले प्रश्न गर्दै भने, ‘खासमा बालेन्द्र शाह नेतृत्वको यो कस्तो सरकार हो ?’ सांसद पोखरेलले सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको र स्वेच्छाचारी ढङ्गले अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध