काठमाडौँ | भोलि शुक्रबार राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेको हो । निर्णयअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । यसअनुसार सरकारबाट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।
संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको थियो ।