2026-10-01 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने

2026-10-01

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै उज्ज्वल भविष्य देखाउन ठोस कार्ययोजना र कानुनी सुनिश्चितताको माग गरेका हुन्।

नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबिच ठुलो खाडल रहेको उल्लेख गर्दै सांसद न्यौपानेले यसलाई गम्भीर राष्ट्रिय समस्याका रूपमा प्रस्तुत गरे। राज्यले आफ्नै भूमिमा पर्याप्त अवसर सिर्जना गर्न नसक्दा मुलुकले ठूलो सङ्ख्यामा दक्ष जनशक्ति गुमाइरहेको उनको दाबी छ। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सके मात्र मुलुकको वास्तविक विकास सम्भव हुने उनले बताए। संसद्‌मा बोल्दै न्यौपानेले भने, ‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू बिदेसिन बाध्य छन्। शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेसकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ।’

गैरआवासीय नेपाली (एनआरएन) हरूको भावना समेट्दै महत्त्वपूर्ण नीतिगत सुधारका लागि उनले सरकारको ध्यानाकर्षण गराए। वंशजका आधारमा प्राप्त नेपाली पहिचानको सम्मान गर्दै दोहोरो नागरिकताको व्यवस्था, डिजिटल मतदानको सुविधा र राजनीतिक अधिकार सुनिश्चित हुने गरी कानुन संशोधन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’