2026-10-01 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे

2026-10-01

काठमाडौँ | नेपाली कांग्रेसका संसदीय दलका नेताले भिष्मराज आङ्देम्बेले सरकारको ६ महिने कार्यकाल उत्साजनक नभएको बताएका छन्।

बिहीबारको संसद् बैठकमा समय माग गर्दै बोलेका आङ्देम्बेले ६ महिने कार्यकाल उत्साजनक भन्दा पनि संक्रमणकालीनको निरन्तरता जस्ताे र जनजीवन कठिननै रहिरहेको अनुभूत भएको बताए। ‘ठूलो शासकीय आकांक्षा राखेका नेपालीका लागि यो ६ महिना उत्साजनक भन्दा पनि संक्रमणकालीनको निरन्तरता र जनजीवन कठिनै रहेको तथा शासन अनुभवहीन र भूलचुक लिने र दिने जस्तो सञ्चालन भएको अनुभूत भएको छ’, उनले भने।

सरकारले कमजोर शासन गरिरहेको साथै विधि र परम्पराको पनि उल्लंघन गरिरहेको उनको भनाइ छ। ‘हामीले बलियो सरकार खोजेका हौँ, पायौँ। बलियो सरकार पनि किन कमजोर शासन गरिरहेको छ’, उनले भने ‘हामीले परिवर्तन खोजेका हौँ। कुनै व्यक्तिको अहंकार खोजेका होइनौँ। हामीले स्थिरता खोजेका हौँ तर स्थापित विधि र परम्परागत संस्थाको उल्लंघन र राजकीय व्यवहारमा उल्लंघन पनि होइन।’

आङ्देम्बेले सरकारको शासन सिद्धान्तबाट सञ्चालित भन्दा पनि इच्छाअनुसारको जस्ताे देखिएको बताए। ‘सबैभन्दा महत्वपूर्ण कुरा सुशासनको सरकार खोजेका हौँ। नेतृत्वको काँचो लहर र हुकुमी दम्भ पनि होइन। शासन कुनै नीति र सिद्धान्तबाट निर्देशित देखिएको छैन। नेतृत्वको इच्छाको शासन हाम्रो कुनै चाहना पनि होइन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित