2026-10-01 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो

2026-10-01

काठमाडौँ | मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकाहरूमध्ये थप चार जनाको शव फेला परेको छ। थप शव भेटिएसँगै उक्त हिमपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ। हिमपहिरोमा हराइरहेका आरोही तथा सहयोगीहरूको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड सङ्घ (नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन) को टोलीले असोज १५ गते (बिहीबार) थप चार जनाको शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिने क्रममा ती शवहरू फेला पारेको जानकारी दिएको छ।

उद्धार टोली प्रमुख शेर्पाका अनुसार हिमपहिरोमा पुरिएका शवहरू निकाल्ने कार्य जारी रहेको छ भने नयाँ फेला परेका शवहरूको पहिचान हुन बाँकी छ। यसअघि असोज १४ गते (बुधबार) आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यसैगरी असोज ११ गते (आइतबार) र १२ गते (सोमबार) वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। हिम्लुङको आधार शिविरमा गत असोज ११ गते गएको हिमपहिरोमा कुल १६ जना आरोही तथा सहयोगीहरू पुरिएर बेपत्ता भएका थिए। असोज ९ गतेदेखि नै मौसम प्रतिकूल बनेका कारण हिमालमा हिमपहिरोको जोखिम बढेको थियो।

पहिरोमा परेका १६ मध्ये हालसम्म ११ जनाको शव प्राप्त भइसकेको छ भने अझै पाँच जना आरोही तथा सहयोगीहरू सम्पर्कविहीन रहेका छन्। बेपत्ता बाँकी पाँच जनाको खोजी कार्य निरन्तर जारी रहेको उद्धार टोलीले जनाएको छ। हिमपहिरो गएकै समयमा आरोहणमा रहेका अन्य ११ जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता