काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५ औँ महाधिवेशनबाट गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना रहेको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले बदल्ने नेतृत्व गगनले नै गरेकाले तत्काल विकल्प नभएको बताए।
महाधिवेशनमा एजेन्डाका हिसाबले केही फरक मत आउनसक्ने भएपनि नेतृत्वका विषयमा आउने सम्भावना कम रहेको बताए। उनले आफूले महाधिवेशनको उद्घाटन गर्नको लागि पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रण गरिसकेको दाबी गरे। पार्टीभित्र ठूलो विवाद नरहेको भन्दै केही नेताहरूको असन्तुष्टि मात्रै रहेको जिकिर गरे।