2026-10-02 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग

2026-10-02

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैंका बेला पशुबलिका नाममा निर्दोष पशुपन्छीमाथि हुने क्रूर व्यवहार रोक्न सरकारसँग माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले दशैंलाई मानिसले उत्सवका रूपमा मनाए पनि निर्दोष पशुका लागि भने दशैं पीडादायी बन्ने गरेको बताइन्।

उनले दशैंमा देवी दुर्गाको आराधनाभन्दा खसी, बोका र राँगा काट्ने विषयमा बढी ध्यान जाने गरेको टिप्पणी गरिन्।‘हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष पशुहरूका लागि भने दशैं दशा नै हो, सभामुख महोदय। किनभने दशैंमा माता दुर्गाको आराधनाभन्दा पनि खसी, बोका र राँगा कसरी काट्ने भन्ने सोचमा बढी ध्यान जाने गरेको छ’, उनले भनिन्,‘ खेतका आली–आलीमा लखेट्दै, भीडभाडमा तरबारले घोच्दै वा लौरीले ढाडमा कुट्दै पशुहरूमाथि क्रूर व्यवहार गरिन्छ। यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्किएकी हुँ। आज पनि हजारौँ–लाखौँ निर्दोष पशुहरूको सार्वजनिक रूपमा बलि दिइन्छ, त्यो पनि विभत्स हत्या गरेर।’

आफूले सानैदेखि दशैंका बेला पशुमाथि हुने यस्ता व्यवहार देख्दै हुर्किएको उल्लेख गर्दै उनले विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा सजाय दिने कानुनी व्यवस्था रहेको बताइन्। उनले नेपालमा पनि पशु कल्याणका लागि कानुन बनेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठाइन्। ‘हाम्रो देशमा पशु कल्याणका लागि बनेको कानुनी व्यवस्था किन यति कमजोर छ ? पशु सेवाका नाममा बनेका नीतिले पशुबाट मेवा मात्र लिने तर उनीहरूको वास्तविक सेवा र कल्याण नगर्ने अवस्था कहिलेसम्म रहन्छ ?’ उनले प्रश्न गरिन्।

सांसद तामाङले पशु कल्याणसम्बन्धी नीतिमा सुधार गर्दै पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग