2026-10-05 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का

2026-10-05

काठमाडौँ | नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार ३० करोड थान २ रुपैयाँ दरका सिक्का उत्पादन तथा आपूर्तिको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार खरिद सम्झौता कागजातको आईटीबी दफा ४.१ बमोजिम सूचीकृत भएका पूर्व(योग्य बोलपत्रदाताहरू मात्र सहभागी हुन पाउनेछन् ।

यो बोलपत्र एकल चरणको दुई खाम प्रणाली अन्तर्गत सञ्चालन हुने र जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी दुवैलाई एउटै बाहिरी सिलबन्दी खामभित्र राखी पेस गर्नुपर्नेछ जनाइएको छ । बोलपत्रसम्बन्धी कागजातहरू नोभेम्बर ३ भित्र कार्यालय समयमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौं वा टक्सार प्रभाग, बबरमहलबाट खरिद गर्न सकिनेछ । खरिद प्रक्रियामा लाग्ने शुल्क र जमानत पनि राष्ट्र बैंकले निर्धारण पनि निर्धारण गरेको छ । तर, सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका फर्म, संस्था वा तिनका सञ्चालक तथा लगानीकर्ताहरू यस बोलपत्रमा सहभागी हुन योग्य हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते