कात्तिक ३०, सल्यान । सल्यानमा मतदाता शिक्षा सामाग्री र उम्मेद्वारका प्रचार सामाग्री लुटिएको छ ।
प्रक्रियाको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र बाम उम्मेद्वारका पोष्टर जलाएको जनाएको छ । बागचौर नगरपालिका ३ खालिमा माओवादी र एमालेका कार्यकर्ताबाट आफ्नो कार्यकर्ताले खोसेर पोष्टरहरू जलाएको पार्टीका ईन्चार्ज डिल्लीराज शर्मा ले जनाएका छन ।
यस विषयमा बुझ्दा प्रहरी नायव उपरिक्षक भरत कुमार विकले आफुहरूलाई आधिकारिक रूपमा जाकारी नभएको तर माताहतका निकायमा बुझ्न पठाईएको जनाएका छन ।