
काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार ९ सय रूपैयाँ बढेर दुई लाख ९५ हजार ७०० रूपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १५ रूपैयाँ बढेर ४ हजार ४ सय ५ रूपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला चार हजार ३९० रूपैयाँमा कारोबार भएको थियो।