2026-10-09 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

2026-10-09

काठमाडौँ | शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३५३ वटा धितोपत्रको एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता सेयर किनबेच भएको हो। शुक्रबार १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९७० रूपैयाँ पुगेको छ।

यस्तै, सिन्धु विकास बैंकको मूल्य ४.२२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२७ रूपैयाँ ३० पैसा कायम भएको छ। यसदिन रिज लाइफ इनर्जीको मूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६६८ रूपैयाँ पुगेको छ। यसैगरी, आइसिएफसी फाइनान्स डिबेन्चरको मूल्य २.९० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १७० रूपैयाँमा सीमित भएको छ।

शुक्रबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २३१ रूपैयाँमा २१ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.४० प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल घलेम्दी हाइड्रो रहेको छ। उक्त कम्पनीको २८५ रूपैयाँ १० पैसामा २० करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने