२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानको सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन, भाडादर कति ?

२०७४, १ मंसिर शुक्रबार १३:२४

मङ्सिर १, सल्यान | (रासस) | सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म आजदेखि बस सञ्चालनमा आएको छ । 

सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालीमाटी हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो । भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजनिक यातायात तुलसीपुर दाङबीचमा आलोपालो गाडी सञ्चालन गर्ने सहमति भएको भेरी राप्ती समिति प्रधान कार्यालय सल्लीबजारका सचिव प्रेम पुनले बताउनुभयो । 

तुलसीपुरका लागि सल्लीबजारबाट बिहान ७ बजे र सल्लीबजारका लागि तुलसीपुरबाट बिहान ८:४५ मा बस छुट्ने भेरी राप्ती यातायात कार्यालय प्रमुख टोपबहादुरले जानकारी दिनुभयो । सल्लीबजारदेखि तुलसीपुरसम्मको भाडा रु ४५० कायम गरिएको छ । 

सल्लीबजारबाट सीधै यातायातका साधन सञ्चालनमा नहुँदा दाङ आउन सुर्खेतको छिन्चु, कोहलपुर हुँदै दाङ पुग्नुपर्ने बाध्यता थियो । बस सञ्चालनमा आएपछि सात घण्टामै स्थानीय सल्लीबजारबाट दाङ आउन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ