2026-07-03 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्य पक्षका मान्छे छोप्ने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी

2017-11-20

शंकर के सी/मङ्सिर ४, सल्यान । चुनाव विथोल्ने कार्यमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले राज्यपक्षका मान्छे पक्रने चेतावनी दिएको छ ।

विनाकारण आफ्ना पक्षका मान्छे प्रहरीले छोपेको भन्दै उसले सरकारि मान्छेलाइ नियन्त्रणमा लिने चेतावनी दिएको हो । नेकपाका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले भने– ‘हाम्रा मान्छे तीन जना प्रहरीले छोपेको छ, हामी राज्यपक्षका पाँच सात जना मान्छे छोप्ने तयारिमा छौँ ।’

आफ्नै घरमा रहेर काम गरिरहेको अवस्थामा श्रीनगरबाट कृष्ण ओली, फालावाङबाट धन बहादुर विष्ट र रामपुर काल्चेबाट तुल्सी ओलीलाइ प्रहरीले छोपेको नेकपाले जनाएको छ । 

उनले आफना कार्यकर्तालाइ तुरुन्त रिह गर्न माग गरेका छन् । यद्यपि प्रहरीले भने उनीहरुलाइ सोधपुछका लागी नियन्त्रणमा लिइएको जनाएको छ । राज्य जसरि आउँछ आफुहरु पनि त्यसरि नै प्रस्तुत हुने नेकपाका जिल्ला इन्चार्ज विश्वले बताए ।

यो संसदिय व्यवस्थाको चुनावबाट निर्वाचीत हुने व्यक्तिहरु दलाल, भ्रष्ट हुने भएकाले आफुहरु यो व्यवस्थाका विरुद्धमा लागेको बताए । आम नागरिकका गास, बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आवश्यकताहरु पुरा गर्नका लागी वैज्ञानीक समाजबाद आवश्यक रहेको र त्यसका लागी एकिकृत जनक्रान्ति आफ्नो पार्टिले अगाडी बढाइरहेको विश्वले बताए ।

यसैविच नेकपाले सल्यानमा पनि बाम गठबन्धनका उम्मेदवारलाइ लक्षित गरेर विष्फोट गराएको छ । दार्मा गाउँपालिकाको फारुलामा आइतबार विहानै बाम गठबन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेद्धार विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतलाइ लक्षित गरि बम विष्फोट गराएको थियो ।

नेकपाले चेतावनी स्वरुप विष्फोट गराइएको भन्दै चुनाव हुनै नदिने र चुनाव हुन नदिनका लागी अझै शशक्त कारवाहि गरिने चेतावनी दिएको छ । विश्वले बाम गठबन्धनले आफ्नो पार्टिकाका कार्यकर्ता विरुद्ध सुराकी गरेकोले उनीहरुका विरुद्ध विष्फोट गराइएको बताए ।

‘हामी यो चुनाव तहसनहस बनाउने उद्देश्यमा छौँ, बाम घटकले हाम्रा विरुद्ध सुराकी गरिरहेका छन्,’ उनले भने– ‘हामीले केहि नगर्दानगर्दै पनि प्रहरीले हामीपक्षका तीन जनालाइ छोपेको छ, यसका विरुद्धमा हामीले विष्फोट गराएको हौँ ।’ नेकपाका कार्यकर्ताले केहि दिन अघि बाघचौरबाट मतदाता शिक्षा सामग्री लुटेर जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली