2026-10-26 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं’

मंसिर ४, काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् ।

आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति हुन लागेको हो । शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि सागरसहित उनका दाइ तथा पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत जाँदैछन् । 

यसैबीच, मगर संघ यूकेले बेलायतमा हुने सागरको कार्यक्रमलाई बहिष्कार गर्ने भन्ने हल्ला झुटो रहेको बताएको छ । मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रम आयोजना गर्नुमा संघको संलग्नता नभएको र सागर आलेको कार्यक्रम बहिष्कार गर्ने हल्लामा सत्यता नभएको बताए । 

‘कार्यक्रम आयोजना गर्नेमा हामीहरु छैनौं है भनेर भनेको हो’, संघका अध्यक्ष थापाले स्पष्ट पारे, ‘कुनै कलाकारको कार्यक्रम बहिष्कार गरौं भनेर हाम्रो संस्थाले कदापी भन्दैन ।’ संघको भनार्इलाई कतिपयले अपव्याख्या गर्दै संघले बहिष्कार गर्ने भनेर प्रचार गर्नु दुखद रहेको उनको टिप्पणी छ । 

कार्यक्रमको लागि सघाइरहेका एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङले पनि कुनै कलाकारको कार्यक्रम बहिष्कार भनेर प्रचारबाजी गरिनु दुखद रहेको बताए । ‘हामीले मगर संघका अध्यक्षसँग नै कुरा गर्‍यौं, उहाँहरुले बहिष्कार गर्ने भनेकै हैन भन्नुभएको छ’, गुरुङले भने, ‘सागर आले हाम्रो सान हो । हल्लाको पछि लाग्नुभन्दा पनि आफ्ना कलाकारहरुको सम्मान र प्रोत्साहन गर्नेतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने