Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं’

२०७४, ४ मंसिर सोमबार ०९:३७

मंसिर ४, काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् ।

आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति हुन लागेको हो । शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि सागरसहित उनका दाइ तथा पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत जाँदैछन् । 

यसैबीच, मगर संघ यूकेले बेलायतमा हुने सागरको कार्यक्रमलाई बहिष्कार गर्ने भन्ने हल्ला झुटो रहेको बताएको छ । मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रम आयोजना गर्नुमा संघको संलग्नता नभएको र सागर आलेको कार्यक्रम बहिष्कार गर्ने हल्लामा सत्यता नभएको बताए । 

'कार्यक्रम आयोजना गर्नेमा हामीहरु छैनौं है भनेर भनेको हो', संघका अध्यक्ष थापाले स्पष्ट पारे, 'कुनै कलाकारको कार्यक्रम बहिष्कार गरौं भनेर हाम्रो संस्थाले कदापी भन्दैन ।' संघको भनार्इलाई कतिपयले अपव्याख्या गर्दै संघले बहिष्कार गर्ने भनेर प्रचार गर्नु दुखद रहेको उनको टिप्पणी छ । 

कार्यक्रमको लागि सघाइरहेका एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङले पनि कुनै कलाकारको कार्यक्रम बहिष्कार भनेर प्रचारबाजी गरिनु दुखद रहेको बताए । 'हामीले मगर संघका अध्यक्षसँग नै कुरा गर्‍यौं, उहाँहरुले बहिष्कार गर्ने भनेकै हैन भन्नुभएको छ', गुरुङले भने, 'सागर आले हाम्रो सान हो । हल्लाको पछि लाग्नुभन्दा पनि आफ्ना कलाकारहरुको सम्मान र प्रोत्साहन गर्नेतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो