2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

नियोकले उदयपुर जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने

मंसिर ५, उदयपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) ले जिल्लाभरी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । 

नियोकले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रका चार वटा गाउँपालिका र चार वटा नगरपालिका क्षेत्रमा पर्यवेक्षण गर्ने तयारी गरेको हो । जिल्लामा रहने करिब दुई सय मतदान केन्द्रलाईनै समेट्नेगरी पर्यवेक्षणको कार्य अगाडी बढाएको नियोकका जिल्ला सभापति युवराज पराजुलीले बताए । 

उनले निर्वाचनलाई शान्तिपूर्ण, सहज र आचारसंहिताको परिधिमा रही सम्पन्न गर्न नियोकले पर्यवेक्षण गर्ने र निर्वाचनको विश्वसनियतालाई अझ सफल बनाउन पर्यवेक्षण प्रभावकारी बनाउन पहल गर्ने बताए । 

नियोकले क्षेत्र नं.१ र २ गरी जम्मा २३ जना स्थानिय पर्यवेक्षकहरु परिचालन गर्ने तयारी गरेको जनाएकोछ । यसैक्रममा नियोक उदयपुरका सभापति पराजुलीको अगुवाईमा गएको पर्यवेक्षकको एक टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा, निर्वाचन अधिकृत शन्देश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख खडग परियार र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सँग निर्वाचनको वातावरणको बारेमा छलफल गरेको नियोकका जिल्ला सचिव रुद्रप्रसाद पोखरेलले बताए । 

छलफलको क्रममा मतदाता शिक्षा, सुरक्षा व्यवस्था, मतदान केन्द्र व्यवस्थापन, आचारसंहिताको पालना लगायतको विषयमा हालको अवस्था बारे छलफल भएको नियोकका सभापति पराजुलीले बताए । साथै नियोकले मंसिर ७ गते निर्वाचन अवधि सम्मका लागि जिल्लाको विभिन्न स्थानहरुमा कार्यतालिका बनाई पर्यवेक्षक परिचालन गरिएको जनाएकोछ । 

पर्यवेक्षणको क्रममा पहिलो चरणमा जिल्लाको पूर्वि भेग जोगिदह, हडिया, बेल्टार, सुन्दरपुर, बसाहा, रामपुर लगायतको स्थानको पर्यवेक्षण गर्ने जनाएकोछ ।

त्यस्तै मंसिर ९ गते साउने, खाँबु, पोखरीमा र मंसिर १४ गते देखी १६ गते सम्म मुर्कुची, नेपालटार, उदयपुरगढी, कटारी, लेखानी, गहुँबारी सम्म अनुगमन पर्यवेक्षण गर्ने कार्यक्रम रहेको जनाएकोछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई