२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

नियोकले उदयपुर जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने

५ मंसिर २०७४, मंगलवार १२:०७

मंसिर ५, उदयपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) ले जिल्लाभरी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । 

नियोकले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रका चार वटा गाउँपालिका र चार वटा नगरपालिका क्षेत्रमा पर्यवेक्षण गर्ने तयारी गरेको हो । जिल्लामा रहने करिब दुई सय मतदान केन्द्रलाईनै समेट्नेगरी पर्यवेक्षणको कार्य अगाडी बढाएको नियोकका जिल्ला सभापति युवराज पराजुलीले बताए । 


उनले निर्वाचनलाई शान्तिपूर्ण, सहज र आचारसंहिताको परिधिमा रही सम्पन्न गर्न नियोकले पर्यवेक्षण गर्ने र निर्वाचनको विश्वसनियतालाई अझ सफल बनाउन पर्यवेक्षण प्रभावकारी बनाउन पहल गर्ने बताए । 

नियोकले क्षेत्र नं.१ र २ गरी जम्मा २३ जना स्थानिय पर्यवेक्षकहरु परिचालन गर्ने तयारी गरेको जनाएकोछ । यसैक्रममा नियोक उदयपुरका सभापति पराजुलीको अगुवाईमा गएको पर्यवेक्षकको एक टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा, निर्वाचन अधिकृत शन्देश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख खडग परियार र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सँग निर्वाचनको वातावरणको बारेमा छलफल गरेको नियोकका जिल्ला सचिव रुद्रप्रसाद पोखरेलले बताए । 

छलफलको क्रममा मतदाता शिक्षा, सुरक्षा व्यवस्था, मतदान केन्द्र व्यवस्थापन, आचारसंहिताको पालना लगायतको विषयमा हालको अवस्था बारे छलफल भएको नियोकका सभापति पराजुलीले बताए । साथै नियोकले मंसिर ७ गते निर्वाचन अवधि सम्मका लागि जिल्लाको विभिन्न स्थानहरुमा कार्यतालिका बनाई पर्यवेक्षक परिचालन गरिएको जनाएकोछ । 


पर्यवेक्षणको क्रममा पहिलो चरणमा जिल्लाको पूर्वि भेग जोगिदह, हडिया, बेल्टार, सुन्दरपुर, बसाहा, रामपुर लगायतको स्थानको पर्यवेक्षण गर्ने जनाएकोछ ।

त्यस्तै मंसिर ९ गते साउने, खाँबु, पोखरीमा र मंसिर १४ गते देखी १६ गते सम्म मुर्कुची, नेपालटार, उदयपुरगढी, कटारी, लेखानी, गहुँबारी सम्म अनुगमन पर्यवेक्षण गर्ने कार्यक्रम रहेको जनाएकोछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य