2026-10-26 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका २७ मतकेन्द्रमा हेलिकोप्टरले पुर्‍याए निर्वाचन सामग्री

लीलाधर कोइराला/मङ्सिर ७, गोरखा । उत्तरी गोरखाका २७ मतदान केन्द्रमा हेलिकोप्टरबाट मतदान सामग्री लगिएको छ । 

विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो। चुम्नुब्री गाउँपालिकाको २० र धार्चे गाउँपालिकाको ७ मतदान केन्द्रमा मंगलबार नै सामग्री पुर्याइएको छ। मतदान अधिकृत बाहेकका कर्मचारी र सुरक्षाकर्मी भने मंसिर २ गते पैदलै त्यसतर्फ गएका हुन्।

ती केन्द्रमा पुग्न सदरमुकाम गोरखा बजारबाट ३ देखि बढीमा ७ दिनसम्मको पैदलयात्रा गर्नुपर्छ। निर्वाचन सकिएपछि मतपेटिका पनि हेलिकोप्टरबाटै सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए। ‘हेलिकोप्टर मार्फत लैजानुपर्ने सबै ठाउँमा आवश्यक सामग्री पुर्याइसकेका छौं,’ जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले भने।

यस्तै, बुधबार नेपाली सेनाको हेलिकोप्टर मार्फत काशीगाउँ, खोर्लाबेसी, सिर्दीबास, छेकम्पारका मतदान केन्द्रका लागि मतपेटिका, मतपत्र र अन्य सामग्री लगिएको थियो। ‘चुम्नुब्री र धार्चेका सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी साथीहरु पुगिसक्नु भएको छ,’ सापकोटाले भने। 

२८२ मतदान केन्द्र रहेको गोरखामा सुगम क्षेत्रका १३१ मतदान केन्द्रमा बिहीबार निर्वाचन सामग्री लगिएको छ। बिहीबारदेखि जिल्लाका सबै मतदान केन्द्र र स्थलमा खटिएका कर्मचारी आवश्यक सामग्री सहित पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

हेलिकोप्टर मार्फत मतदान सामग्रीको ढुवानीका क्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी, जिल्ला निर्वाचन अधिकारी सापकोटा लगाएको टोलीले त्यहाँका मतदान केन्द्रहरुको निरीक्षण एवं अवलोकन समेत गरेको छ।

मतदान सकिएकपछि मुख्य निर्वाचन अधिकृतको कार्यलय गोरखामा सबै मतपत्र ल्याइनेछ भने मतपत्र राख्ने ठाउँमा सिसिटिभी राखिनेछ। गोरखासहित ३२ जिल्लामा मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने